एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट
अनिल शाहले तोडे आसिफ शेखको कीर्तिमान
शनिबार, २७ माघ २०८०, १४ : ३५

काठमाडौँ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाहले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी बनेका छन् ।
क्यानडाविरुद्ध शनिबार खेलिएको दोस्रो खेलमा अनिलले केवल २० बलमा ५० रन बनाएका हुन् । उनी अर्धशतक बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल तीन छक्का र सात चौका पनि प्रहार गरेका थिए ।
अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे