बलिउडमा काम माग्दा माग्दा थाकिसकेँ : मृणाल ठाकुर

मुम्बई । तेलुगु फिल्म हाई नन्नाका लागि मृणाल ठाकुरको निकै तारिफ भइरहेको छ । सन् २०२२ मा रिलिज भएको तेलुगु फिल्म सीता राममका लागि पनि उनले दर्शकबाट धेरै माया पाएकी थिइन् ।
मृणालले साउथ फिल्ममा जति काम गरिरहेकी छिन्, त्यसलाई बलिउडले न्याय गर्न नसकेको फ्यानहरुको विश्वास छ । मृणाल पनि फ्यानका यी कुरामा सहमत देखिन्छिन् । हालै इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा उनले बलिउड फिल्म निर्माताहरुसँग कामको माग गर्दा थकित भएको बताएकी छन् ।
मृणालले हिन्दी सिनेमामा काम गर्ने मौका पाएको तर ‘हाई नन्ना’ र ‘सीता रामम’मा जस्तो मौका नपाएको बताइन् । अहिले उनी कुनै पनि कुरामा सम्झौता गर्न चाहँदैनन् । उनी यस्तो भूमिका गर्न चाहन्छिन् जसले उनलाई अभिनेत्रीका रूपमा उद्योगमा अगाडि बढाउन सकोस् । यस्तो अवस्थामा पर्दामा आमा वा बहिनीको भूमिका निभाउन पनि उनी सहज छिन् ।
अन्तर्वार्तामा मृणालले बडी शेमिङको बारेमा पनि कुरा गरेकी छिन् । भूमिकाका लागि सेक्सी नदेखिएको भन्दै निर्देशकले आफूलाई फिल्ममा कास्ट नगरेको उनले बताइन् । उनले आफू टाइपकास्टको सिकार हुन चाहेको पनि बताइन् ।
मृणालले २०१८ को फिल्म लव सोनियाबाट बलिउडमा डेब्यू गरेकी थिइन्। फिल्ममा उनको कामलाई समीक्षकहरूले निकै प्रशंसा गरेका थिए । उनले हालसम्म १७ वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । आगामी दिनमा मृणाल विजय देवरकोन्डासँग फिल्म फेमिली स्टारमा देखिने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल