एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता
२८६ रनको लक्ष्य पछ्याएको नेपालले बनायो १० ओभरमा २ विकेट गुमाएर ७२ रन
शनिबार, २७ माघ २०८०, १४ : १८

काठमाडौँ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १० ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेल ६ र चौथो नम्बरका ब्याट्सम्यान देव खनाल ३ रन बनाउँदै क्रिजमा छन् । नेपालले जितका लागि प्रत्येक ओभरमा ५.३५ रन बनाउनु पर्ने हुन्छ । अहिले नेपालको रन रेट ७.२० रहेको छ ।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको भ्रमणकारी टोली क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल