सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

मिथुन चक्रवर्ती अस्पताल भर्ना

शनिबार, २७ माघ २०८०, १३ : १९
शनिबार, २७ माघ २०८०

मुम्बई । बलिउडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना भएका छन् । अभिनेतालाई शनिबार कोलकाताको एक निजी अस्पतालको आपत्कालीन इकाईमा भर्ना गरिएको हो । 

खबर अनुसार अभिनेताले छातीमा गहिरो दुखाइको गुनासो गरेका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्यबारे थप जानकारी आउन बाँकी छ । अभिनेता अस्पतालमा भर्ना भएको खबर आएदेखि नै उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । हाल उनको स्वास्थ्यबारे अभिनेताको परिवारले कुनै प्रतिक्रिया दिएको छैन ।

मिथुन चक्रवर्ती ७३ वर्षका छन् । शनिबार बिहान करिब १० बजे अभिनेताको छातीमा असहज पीडा महसुस हुन थालेको थियो । उनको स्वास्थ्य बिग्रिएपछि अभिनेतालाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भइरहेको छ । 

 हालै मिथुन चक्रवर्तीलाई सिनेमा उद्योगमा उनको योगदानको लागि देशको प्रतिष्ठित पद्मभूषण पुरस्कारबाट सम्मानित गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप