हाइटीमा भएको सामूहिक हिंसामा ११ सयभन्दा बढी हताहत : राष्ट्रसङ्घ
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।
पछिल्लो समय प्रदर्शनहरूमा भएको घातक हिंसाका कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्न पुग्ने योजनालाई असर गरेको ओसिएएचएले जनाएको छ । हिंसाबाट देशभर तीनलाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नुपर्ने मानव अधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन–रक्षक राहतको वितरणलाई पनि असर गरेको छ । विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठुलो असर पार्ने कार्यालयले जनाएको छ ।
जनवरीको मध्यसम्ममा पोर्ट–ओ–प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो । ओसिएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ