नेपालविरुद्ध क्यानडाको २० ओभरमा १ विकेट गुमाएर १०० रन

काठमाडौँ । नेपालविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्यानडाले २० ओभरमा एक विकेट गुमाएर एक सय रन बनाएको छ । क्यानडाका ओपनर एरोन जोन्सन अविजित ४६ र तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंह अविजित एक रन बनाउँदै क्रिजमा छन् ।
क्यानडाको पहिलो विकेट आकाश चन्दले लिएका हुन् । आकाशले सिनियर टोलीबाट ‘डेब्यू’ गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका हुन् । सिनियर टोलीबाट आकाशको यो ‘डेब्यू’ खेल हो । यू-१९ राष्ट्रिय टोलीका तिब्रगतिका बलर आकाशले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई विकेटकिपर आशिफ शेखद्वारा क्याच गराए । मैदानमा जमिसकेका नवनितले ४६ रन बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि ६० बलमा आठ चौका हिर्काए । १८.२ ओभरमा नवनित आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपाली टोलीले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल