प्रचण्डप्रति खनालको टिप्पणी : जुन जोगी आए पनि कानै चिरेका
शनिबार, २७ माघ २०८०, १० : ४५

पोखरा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ सरकार बनेको एक वर्षसम्म पनि कुनै काम हुन नसकेको बताएका हुन् ।
'जोगी त धेरै आए, तर सबैका कान चिरेकै रहेछन् । त्यसो हुनाले यो देशमा अर्को ठुलो आमूल परिवर्तन आवश्यक छ,' उनले भने, 'यो सरकारसँग मान्छेले आस गर्न छोडेका छन् । सरकारले जनतामा आसा जगाउन सकेन ।' गठबन्धन सरकार मौसमको उपज भएको उनको तर्क छ । 'यो गठबन्धन मौसमको उपज हो । खास मौसममा उत्पत्ति भएको हो,' उनले भने, 'यसबाट खास अपेक्षा गर्न सकिएन । अब कोर्स परिवर्तन गरेर जानुपर्छ ।'
उनले कृषि, उद्योग लगायत क्षेत्रमा प्रभावकारी काम हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको उत्साह
-
सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते