सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

एएफसी एसियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्दै

शनिबार, २७ माघ २०८०, ०७ : ३५
शनिबार, २७ माघ २०८०

काठमाडौँ । एएफसी एसियन कप फुटबलको फाइनल खेल आज हुँदै छ । जारी प्रतियोगितामा उपाधिका लागि जोडर्न र आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतार आमने सामने हुँदै छन् ।

 फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ । जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियामाथि २–० को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्दा घरेलु टोली कतारले भने इरानमाथि ३–२ गोलको पुनरागमन जित निकालेको थियो ।

समूह ईमा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको जोर्डन त्यसपछिका नकआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको टिम हो ।अन्तिम १६ मा जोर्डनले इराकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो भने त्यसपछि ताजिकिस्तानलाई १–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो । 

डिफेन्डिङ च्याम्प्यिन कतार भने समूह एबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको कतारले उज्वेकिस्तानलाई पेनाल्टी सूटआउटमा पराजितगरेर  सेमिफाइनलमा स्थान बनाएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप