कविता
आफ्नै मलामी
शनिबार, २७ माघ २०८०, ०६ : ५३
थाहा पाइनँ कहाँ थिएँ
निष्पट्ट अन्धकारमा
मान्छेको त्यो ठुलो कोलाहलमा
अन्धाधुन्ध अघि बढिरहेँ
एकहोरो आवाज
मेरा कानमा आई बज्रिरह्यो ।
थाहा छैन कहाँ हो गन्तव्य
निकै विचलित महसुस गरिरहेको छु
आफ्नो अस्तित्व पनि
बिर्सिएको आवास हुँदै छ
त्यो कोलाहल
त्यो भिड छिचोल्दै
अघि बढेँ
जल्न लागेको आफ्नै लास देखेँ
आफूलाई आफ्नै मलामीमा भेटेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ