जर्जियाको बजारमा गोली चल्दा ४ जनाको मृत्यु, १ जना घाइते
शुक्रबार, २६ माघ २०८०, २० : ४४

मस्को । जर्जियाको दक्षिणपूर्वी शहर रुस्ताभीको बजारमा गोली चल्दा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जनाए अनुसार गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको छ ।
गोली चलाउने व्यक्तिले आफ्ना आफन्तहरूसँग बजारमा काम गर्ने गरेको र उनीहरूबीच झगडा भएको बुझिएको छ । मृतक, गोली हान्ने व्यक्तिका काका रहेको र घाइते, काकाको छोरा रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा घटनास्थलमा रहेका ट्याक्सी चालक रहेको बताइएको छ । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग