पहिलो टी–२० मा अस्ट्रेलियाको रोमाञ्चक जीत

होबार्ट । वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलियाले ११ रनको रोमाञ्चक जीत हासिल गरेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय २ रनमात्र बनाउन सक्यो ।
खेलमा वेस्ट इन्डिजले सुरुवात भने राम्रो गरेको थियो । ओपनरद्वयले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । ब्रान्डन किङले सर्वाधिक ५३ रन बनाए । उनले यस क्रममा ७ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, जोनसन चार्ल्सले ४२ रनको योगदान दिए । उनले ६ चौका र १ छक्का हिर्काए । त्यसपछि भने मध्यक्रमले खासै ठुलो योगदान गर्न सकेन । खेलको अन्त्यतिर जेसन होल्डरले १५ बलमा ३४ रन बनाउँदै टोलीलाई जीत नजिकसम्म पुर्याए पनि वेस्ट इन्डिजले लक्ष्य भने भेटाउन सकेन ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए भने मार्कस स्टोइनिसले २ तथा सन एबट, ग्लेन म्याक्सवेल र जेसन बरेनडर्फले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । प्लेयर अफ द म्याच घोषित अस्ट्रेलियाका भेट्रान ब्याट्सम्यान डेभिड वार्नरले विस्फोट पाली खेले । उनले मात्र ३६ बलमा ७६ रन बनाए । उनले १२ चौका र १ छक्का हिर्काए ।
त्यस्तै, जोस इंग्लिसले ३९ तथा टिम डेभिडले ३७ रनको योगदान दिए । वेस्ट इन्डिजका लागि आन्द्रे रसलले ३ तथा अलजारी जोसेफले २ विकेट लिए ।
तीन खेलको शृङ्खलाको दोस्रो टी–२० आइतबार एडिलेडमा खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्र्याक्टरको तेल ट्याङ्कीभित्र ब्राउन सुगर, दुई भारतीय नागरिक पक्राउ
-
बारमा कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप, अध्यक्षमा मिश्र, महासचिवमा कोइराला
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार