सुरक्षा गार्डले कला प्रदर्शनीमा राखिएको कलाकृति खान खोजेपछि

मस्को । मस्कोमा अनौठो घटना भएको छ । एक जना सुरक्षा गार्डले प्रदर्शनमा राखिएको कलाकृतिलाई बिगारेर यसलाई खाने कोसिस गरेका छन् ।
गएको हप्ता मस्कोमा आयोजित समकालीन कला प्रदर्शनीमा ‘इस्केप अफ द गोल्डफिश’ शीर्षक दिएर एउटा सिसाको भाडामा गोल्डफिश राखिएको थियो । यो भाडासँगै भित्तामा समुद्रको एउटा पेन्टिङ थियो । पेन्टिङको पुछारमा भाग्न थालेको एउटा गोल्डफिश अड्किए जस्तो देखिन्थ्यो । यो प्रदर्शनीको मुख्य आकर्षण थियो ।
तर एक जना सुरक्षा गार्डले पैसा दिएर आफूलाई जुन कृतिलाई जोगाउन भनेर राखिएको थियो त्यही कृति नै नष्ट गरे । रुसी सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा ती गार्डले इस्केप अफ द गोल्डफिश नजिक गएको र दुई ओटा गोल्डफिशलाई भाँडोबाट बाहिर झिकिरहेको देखिन्छ । पेन्टिङलाई एउटा हातले समातेर अर्को हातले त्यसमा भएको गोल्डफिश थुतेर निकालिदिन्छन् । माछा सुँघेर टोक्ने कोसिस गर्छन् ।
आयोजकहरुले इस्केप अफ द गोल्डफिश बिग्रिएको देखेपछि सुरक्षा क्यामरा चेक गर्ने क्रममा सुरक्षा गार्डको बदमासी देखे । उनले किन त्यस्तो व्यवहार गरेर भनेर केरकार गर्दा आफूलाई सुत्न गाह्रो भएको निद्रा नपरेको अनि कलाकृति बिगार्दा आफूले के गरिरहेको छु भनेर नबुझेको बताएका छन् । ती सुरक्षा गार्डलाई जागिरबाट निकाला गरिएको छ । केही दिनपछि बिग्रिएको कलाकृति पुनः बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन