छलफल
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी
शुक्रबार, २६ माघ २०८०, १४ : ५१

काठमाडौँ । निर्वाचन आयोगले अगामी चुनावमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने विषयमा छलफल गरेको छ । आयोगले शुक्रवार विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा कार्यविधिबारे सर्वदलीय बैठक बोलाएको थियो ।
२०८४ मा हुने निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने गरी त्यसको तयारी तीव्र रुपमा अगाडि बढेको जानकारी आयोगले गराएको लोकतान्त्रिक समाजवादी पार्टीका सचिव मनिष मिश्रले बताए ।
त्यसका लागि विदेशमा रहेका तर डीभी, पीआर नलिएका र नेपाली नागरिकता त्याग नगरेका नेपालीको मात्र मतदाता नामावलीमा नाम समावेश हुने बताइएको छ । नेपालको संविधानले विदेशी नागरिकता वा स्थायी बसोबासको अनुमतिपत्र लिएका गैरआवासीय नेपालीहरूलाई सामाजिक र सांस्कृतिक अधिकार मात्रै दिने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल