भ्रष्टाचारी र ठग भीआईपीको पाता कसेपछि बल्ल विधिको शासन हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी र ठग भीआईपी नहुने टिप्पणी गरेका छन् । पार्टीको काठमाडौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताए ।
‘दोषी जोसुकै होस् उम्कन हुन्न। निर्दोष जोसुकै होस् पर्न हुन्न। कानुन सबका लागि बराबर हुनुपर्छ,’ महामन्त्री थापाले भने, ‘सर्वसाधारण नागरिकले सार्वजनिक सम्पत्ति लुटेर लियो भने उसलाई के हुन्छ, दण्ड हुन्छ। सहकारी ठगे दण्ड हुन्छ। सामान्य कर्मचारीले ढुकुटीबाट राज्यलाई भार लगायो भने दण्ड हुन्छ। भ्रष्टाचारी भिआइपी हुँदैन, कांग्रेसले समात्ने मन्त्र यही हो।’
कानुनको शासन मान्ने कांग्रेसले व्यवहारमा पनि लागू गर्नुपर्ने उनको भनाइ छ । वीरगन्जका मेयर राजेशमान सिंहले छोरीका नाममा नक्कली कागज खडा गरी नागरिकता बनाए पनि शक्तिको आडमा सजाय नभएको महामन्त्री थापाले बताए । ‘एउटा व्यक्तिले छोरीका नाममा नागरिकता दिएको छ। ऊ शक्तिमा छ। राज्यले सजाय दिऊँ कि नदिऊँ भनेर अलमलिएको छ,’ उनले भने, ‘तपाईं सामान्य नागरिक भए राज्यले दण्ड गरिसक्थ्यो।’
नक्कली कागज बनाएर नागरिकता बनाउनेलाई पाता कसेर लैजानुपर्ने उनले बताए । ‘नक्कली कागज बनाएर कसैले नागरिकता बनाउँदा नागरिकलाई भए पाता कसेर लैजान्छ भने शक्तिशालीलाई पनि त्यसैगरी पाता कसेर लैजानुपर्छ। अनि बल्ल यो विधिको शासन हुन्छ,’ थापाले भने ।
कांग्रेसले अहिले देखिएको अलमलबाट देशलाई बाहिर निकाल्नुपर्ने महामन्त्री थापाले बताए । उनले संघदेखि स्थानीय तहसम्म कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले गल्ती गर्ने छुट नभएको औँल्याए । ‘सबै ठाउँमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टीका बिचमा समन्वयको अभाव छ । त्यो समस्यालाई हामीले हल गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी प्रकरण : क–कसलाई बनाइयो प्रतिवादी ?
-
अमेरिकाले झुक्किएर आफ्नै नेभी पाइलटलाई हान्यो गोली
-
जाडोमा बढ्छ रुघाखोकीको प्रकोप : के-के कुरा ध्यानमा राख्नुपर्छ ?
-
दुई किशोरीका हत्या मामिलामा अमेरिकी पुरुषलाई १३० वर्षको जेल सजाय
-
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १ अर्ब ५१ करोड बिगो माग दाबी
-
छविलाल जोशीविरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी