आतिफ असलमको कन्सर्ट : 'खल्ती' एक्सक्लुसिभ टिकटिङ पार्टनर
काठमाडौँ । ‘खल्ती’ले आतिफ असलमको लाइभ म्युजिकल शो मा एक मात्र आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सनसँग सम्झौता गर्दै काठमाडौँ म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज आतिफ असलमको लाइभ शोमा खल्तीले बक्स अफिसदेखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको हो।
‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४ बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्। आयोजकका अनुसार नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’मा आतिफ असलमको कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुवै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ।
खल्तीले अहिले सम्म ५००० भन्दा बढी कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङको एक उत्कृष्ट माध्यम बन्न सफल भएको छ। केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएको अरिजित सिंह लाइभ शो मा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङ को जिम्मेवारी निकै नै सराहनीय ढङ्गले पूरा गरेको थियो ।
सो टिकटिङ व्यवस्था अनुसार १५ हजारं दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए। खल्तीले सोही तवर र सहजताका साथ आतिफ असलमको कन्सर्ट रहेको यस म्युजिक फेस्टिभलको टिकटिङ व्यवस्था गरेको छ । प्रयोगकर्ताहरूले निर्धक्क भई सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने कुरामा खल्ती बिश्वस्त छ।
आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमग़ा–ए–इम्तियाज़’ बाट सम्मानित भएका थिए। उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक श्रोता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएको छ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन् – 'खल्ती फेरी पनि एम् एन् प्रोडक्सनसँग टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा निकै नै उत्साहित छ। केहि महिना अघि मात्र गराज ईन्टरटेनमेन्ट र एम् एन् प्रोडक्सनद्वारा आयोजित अरिजित सिंह लाइभ शो मा टिकटिङ्ग पार्टनरको जिम्मेवारी बहन गर्दै उल्लेखनीय सफलता पश्चात हामी फेरी पनि ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ ( आतिफ असलम को लाइभ शो को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ । हामीले खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्य लिएका छौँ र खल्तीले यस्तो किसिमको सहकार्यहरूले हाम्रो उदेश्यलाई थप साथ दिने कुरामा आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र झन्झट मुक्त तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
-
ऋषिकेश पोखरेलको नियतमै शंका !
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
एमाले केन्द्रीय समिति बैठक आज, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने
-
पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’