इमरान समर्थक उम्मेदवारलाई १५४ सिटमा अग्रता, मतपरिणाममा शरीफलाई नै झट्का
कराँची । धाँधली, छिटपुट हिंसा र देशभरमा मोबाइल नेटवर्क बन्दबीच पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले मतदान सकिएको १० घण्टा भन्दा बढी समयमा शुक्रवार बिहान केही स्थानको नतिजा घोषणा गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री नवाज शरीफले मानसेरा सिटबाट चुनाव हारेका छन् । उनले स्वतन्त्र उम्मेदवार साहजादा गास्तासापबाट पराजय भोगेका हुन् । शहजादा गस्तासापले ७४ हजार ७१३ मत पाउँदा नवाज ६३ हजार ०५४ मतमा समेटिए ।
हालसम्म १४ सिटको नतिजा आएको छ । १४ मध्ये ६ सिटमा क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक अध्यक्ष इमरान खान समर्थित उम्मेदवारले जितेका छन् । निर्वाचन आयोगले उनलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । पीटीआईलाई चुनावी चिन्ह ‘क्रिकेट ब्याट’ प्रयोग गर्न रोक लगाइए पछि पीटीआईका उम्मेदवारले स्वतन्त्र रूपमा चुनाव लडिरहेका थिए । इमरान समर्थक उम्मेदवारहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका खबरहरू आइरहेका छन् । निर्वाचनको नतिजा आउन ढिलो भएपछि नतिजामा हेरफेरको आरोपका खबरहरू पनि आइरहेका छन् ।
पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले अहिलेसम्म खैबर–पख्तुनख्वाका चार वटा नतिजा आधिकारिक रूपमा अपलोड गरेको छ । यसमा सबै पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् । स्थानीय अखबारका अनुसार हालसम्म पीटीआई–स्वतन्त्रले छ सिट जितेका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले पाँच र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले तीन सिट जितेका छन् ।
प्रारम्भिक नतिजा अनुसार हालसम्मका प्रमुख विजेतामा पूर्व प्रधानमन्त्री तथा पीएमएल–एनका अध्यक्ष शहबाज शरीफ छन् । शरिफलले लाहोरबाट एनए १२३ सिटमा ६३ हजार ९५३ मत प्राप्त गरेका छन् । बलुचिस्तान नेशनल पार्टीका नेता अख्तर मेङ्गलले राष्ट्रिय सभा क्षेत्र एन–२६१ सुराब–कम–कलात–कम–मस्तुङमा तीन हजार ४०४ मत ल्याएर विजयी भए ।
मतदान केन्द्र बन्द भएको १३ घण्टाभन्दा बढी समय बितिसक्दा पनि पाकिस्तानको निर्वाचन आयोग ९भ्ऋए० ले ८ वटा राष्ट्रिय सभाको मात्र नतिजा घोषणा गर्न सकेको छ । बिहान ६ बजेको प्रवृत्ति अनुसार आठमध्ये तीन सिटमा पीटीआईसँग आबद्ध उम्मेदवार विजयी भएका छन् ।
इमरान समर्थक उम्मेदवारलाई १५४ सिटमा अग्रता
सामाजिक सञ्जालमा इमरान खानलाई समर्थन गर्ने स्वतन्त्र उम्मेदवार १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरिएको छ । नेटिजन्सका अनुसार पीटीआई समर्थित उम्मेदवारले राष्ट्रिय सभाका १५४ सिटमा अग्रता लिएका छन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टी ४७–४७ सिटमा अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह