दरबार मार्गमा गुञ्जिदै ‘धोकेबाज’ गायिका एलिना

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट चर्चामा छाएकी गायिका एलिना चौहान दरबारमार्गमा गुञ्जिने भएकी छिन् । भ्यालेन्टाइन डेको अवसर पारेर यही माघ २८ गतेका दरबार मार्गको मन्नत प्यालेसमा आयोजना हुन लागेको ‘भ्यालेन्टाइन स्पेशल इभेन्ट’ नामक सांगीतिक कार्यक्रममा उनी गुग्जिने भएकी हुन् ।
कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका करिब आधा दर्जन गीत सुनाउनेछिन् । गायिका एलिनासँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुति रहनेछ । प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उदेश्यसहित सांगीतिक साँझ आयोजना हुन लागेको हो ।
कार्यक्रममा माघ २८ गते साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म चल्ने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा कर्म ग्याल्जेनको पनि प्रस्तुति रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा