चाँदबाग रेसिडेन्सीलाई डिल्लीबजार मालपोतको २१ दिने ‘म्याद’

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानासँग मिलेर उद्योगी अरुण चौधरीले निजीकरण गरेको भनिएको १० रोपनी जग्गा फिर्ता ल्याउन मालपोत कार्यालयले ‘प्रक्रिया’ सुरु गरेको छ । बिहीबार डिल्लीबजार मालपोत कार्यालयले ‘जग्गाको स्रेस्ता अद्यावधिक गरी सरकारको नाममा ल्याउन आदेश भएको’ भन्दै २१ दिनभित्र उपस्थित हुन चाँदबाग रेसिडेन्सीलाई भनेको छ ।
चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुरले मालपोत कार्यालयबाट जारी गरेको ‘म्याद’ बुझेका छन् । म्यादभित्र उपस्थित नभए ‘कानुन बमोजिम हुने’ मालपोत कार्यालयको पत्रमा उल्लेख छ । काठमाडौँको टोखा नगरपालिका–६ कि अध्यक्ष शान्ता खानालको रोहबरमा सञ्जय ठाकुरले म्याद बुझेका हुन् ।
मालपोत कार्यालय डिल्लीबजारको निर्णय अनुसार २० कार्तिक २०३७ मा नगर २२ (६) कित्ता नम्बर ५० को १८–३–२–० जग्गा बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको नाममा स्रेस्ता कायम भएको थियो । तत्कालीन श्री ५ को सरकारको निर्णय बिना जग्गा बेचबिखन गर्ने अधिकार नभएको बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिले सो मध्येको १० रोपनी जग्गा चौधरी समूहको नाममा ‘हक हस्तान्तरण’ गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सञ्चालक समितिका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापाले २०४३ भदौ १० मा बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउण्डमा खडा गरिएको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा ‘हक हस्तान्तरण’ गरेका हुन् ।
जग्गा निजीकरण गरेपछि चौधरी समूहले च्याम्पियन फुटवेयरलाई परिवर्तन गरेर कम्पनीको नाम ‘सिजि चाँदबाग’ बनाएका हुन् । अहिले सो ठाउँमा चाँदबाग स्कुल सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
-
परिजातको सम्झनामा सिड्नीमा विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने
-
वैज्ञानिकहरूले बनाए फ्लुबाट बच्ने चुइङगम
-
निजामती कर्मचारीको पदपूर्तिका प्रावधानमा व्यापक परिवर्तन
-
विपक्षी टोलीका प्रशिक्षकको नाक तानेपछि तीन खेलको प्रतिबन्धमा परे चर्चित प्रशिक्षक मोउरिन्हो
-
काभ्रे–कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै