क्लोथ एन्ड फुड बैंक र बुटवल उपमहानगरबिच सम्झौता
काठमाडौँ । रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका, रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपालबिच आज क्लोथ बैंक सञ्चालन गर्ने सम्झौता भएको हो ।
क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, बुटवल उपमहानगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले मानव सेवाको लागि ‘पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मूल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास व्यक्त गरे । बुटवल नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि– साइकल गरी आवश्यकताका आधारमा वितरण गरिने देशका सातै प्रदेशमा संचालम हुन लागेको यो अभियानको बुटवलबाट औपचारिक शुभारम्भ हुन लागेको बताउँदै क्लोथ एण्ड फूड बैंक नेपालले सो अवसर बुटवल उपमहानगरपालिकालाई प्रदान गरेकोमा खुसी समेत व्यक्त गरे ।
नेपालमै र रुपन्देहीमा जिल्लामा पनि पहिलो पटक सबैलाई पाएक पर्ने विभिन्न स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निःशुल्क लिन सकिने भएको छ ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुई वर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिलेसम्म १५४ स्थानीय सरकारले यो अभियानमा जोडिएको अभियानकर्ता कमल जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा
-
बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा
-
आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै