बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

केयुकेएलमा स्थायी प्रकृतिको सीइओ नियुक्ति नगरे अप्रिय कदम चाल्ने कर्मचारी संगठनको चेतावनी

बिहीबार, २५ माघ २०८०, २० : ४८
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आधिकारिक ट्रेड युनियनले केयूकेएलमा स्थायी प्रकृतिको कार्यकारी निर्देशक नियुक्त गर्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

बिहीबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आधिकारिक ट्रेड युनियनका संयोजक केशव अधिकारी र सह–संयोजक नवलसिंह साउदले एक विज्ञप्ति जारी गर्दै बहालवाला अस्थायी प्रकृतिको कार्यकारी प्रमुखबाट पदपूर्ति सुचारु नभएको र मेलम्ची खानेपानी चुहावट नियन्त्रण लगायत दूरगामी महत्वका निर्णयहरु हुन नसकेकोले केयुकेएल गम्भीर संकटापन्न अवस्थातिर उन्मुख भएको बताएका छन् । 

मेलम्ची आयोजनाबाट १७ करोड लिटर भन्दा बढी खानेपानी काठमाडौँ आएपछि धेरै स्थानमा चुहावट भएको, आयोजना कार्यान्वयन निर्देशनालयले शाखा पाइपलाइन सञ्जाल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न विलम्ब हुँदा पुरानै पाइपलाईनबाट वितरण गर्नु बाध्यता भएकोले पानी चुहावटमा वृद्धि हुँदा अपेक्षित सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताएका छन् । 

खानेपानी वितरणमा खटिएका कर्मचारी मात्र आलोचित हुनु पर्दा मनोबल कमजोर भएकोले केयुकेएल आधिकारिक ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । मनोबल कमजोर भएका कर्मचारीलाई ऊर्जा दिँदै विषम परिस्थितिमा विशेष निर्णय गर्नुपर्ने परिस्थिति उत्पन्न भएकोले केयुकेएल सञ्चालनको लागि स्थायी प्रकृतिको प्रमुख कार्यकारी अधिकृतको नेतृत्व अत्यावश्यक रहेको जनाइएको छ । 

केयुकेएलमा उत्पन्न समस्याको सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयलाई सहजीकरणको लागि ध्यानाकर्षण गराइएको छ  । माग सम्वोधन नभए अप्रिय निर्णय गर्न केयुकेएल आधिकारिक ट्रेड युनियन बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप