सर्वोच्चको फैसलालाई स्थानीय तहको चुनौती, माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालाई चुनौती दिँदै रोल्पाको एक स्थानीय तहले जनयुद्ध दिवसमा सार्वजनिक बिदाको घोषणा गरेको छ । रोल्पाको माडी गाउँपालिकाले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
यसअघि सर्वोच्च अदालतले जनयुद्ध शब्द वा जनयुद्ध दिवसलाई संविधानले नचिनेको भन्दै जनयुद्ध दिवसका रुपमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो ।
तर सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएको केही दिनमै रोल्पाको घर्तीघाउँमा केन्द्र रहेको माडी गाउँपालिकाले उक्त दिन सार्वजनिक बिदाको घोषणा गरी सरकारी कार्यालय तथा विद्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।
रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार तीन तहको सरकार भएकाले स्थानीय तहले पनि आफ्नो स्थानीय बिदा दिन सक्ने जानकारी दिए । जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भएपनि स्थानीय तहले आफू मातहत रहेका कार्यालय वा निकायमा बिदा दिन सक्ने उनले बताए ।
सरकारले वर्षभरिका बिदाका लागि क्यालेण्डर बनाउँदा संघीय बिदाको दिन तोकेको हुन्छ । उक्त दिन देशैभरका सरकारी तथा अर्धसरकारी कार्यालयहरुमा बिदा हुन्छ । त्यसबाहेक प्रदेश सरकारले पनि थप ५ दिन बिदा दिन सक्छ । संघीय सरकारले घोषणा गरेको बाहेक थप ६ दिनसम्म प्रदेश सरकारले बिदा दिएमा संघीय सरकार मातहतका कार्यालयहरु पनि बन्द हुन सक्छन् ।
त्यसबाहेक स्थानीय सरकार भनिने स्थानीय तहले पनि आफू मातहत रहेका कार्यालयहरुमा स्थानीय बिदा दिन सक्छन् । तर स्थानीय तहले दिएको बिदा भने केन्द्र सरकारको हकमा लागु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
-
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा, ७१ वटा परियोजना तय
-
सहमतिलाई अन्तिम रूप दिन आज शिक्षामन्त्री र शिक्षकहरूबिच वार्ता हुँदै
-
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा