मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

इन्टर मियामी र मेस्सीमाथि खेलमा राजनीति मिसाउन खोजेको आरोप

बिहीबार, २५ माघ २०८०, १८ : ०२
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । अमेरिकी फुटबल क्लब इन्टर मियामी हाल एसिया भ्रमणमा छ । अर्जेन्टिनी स्टार लियोनल मेस्सीसहितको इन्टर मियामीले एसिया भ्रमणका क्रममा विभिन्न राष्ट्रका टोलीसँग मैत्रीपूर्ण खेल पनि खेलिरहेको छ । 

तर, हङ्कङ भ्रमणका क्रममा भने मेस्सीले मैत्रीपूर्ण खेल खेलेनन् । ह्यामस्ट्रिङ समस्याका कारण उनी खेल अवधिभर बेञ्चमै बसेका थिए । त्यसअघि साउदी अरेबियामा खेलिएको मैत्रीपूर्ण खेलमा भने उनी केही समय मैदानमा ओर्लिएका थिए । 

हङ्कङपछि मेस्सीसहित इन्टर मियामी जापान पुगेको थियो । जापानमा खेलिएको मैत्रीपूर्ण खेलमा पनि मेस्सी केही समय मैदानमा ओर्लिएका थिए । यो विषयलाई लिएर अहिले चीनमा मेस्सी र इन्टर मियामीको व्यापक विरोध भइरहेको छ । 

चिनियाँ समर्थकहरुले इन्टर मियामी र मेस्सीमाथि खेलमा राजनीति मिसाएको आरोप लगाएका छन् । राजनीतिक कारणले नै मेस्सीले हङ्कङमा मैत्रीपूर्ण फुटबल नखेलेको आरोप चिनियाँ समथर्कहरुले लगाएका छन् । 

राज्य सञ्चालित मिडिया आउटलेट ग्लोबल टाइम्सले पनि मेस्सीले राजनीतिक कारणले नै हङ्कङमा मैत्रीपूर्ण खेल नखेलेको दाबी गरेको छ । हङ्कङमा मेस्सीको खेल हेर्न करिब ३८ हजार समर्थकले टिकट खरिद गरेका थिए । ३६ वर्षीय मेस्सीले नखेलेपछि ती समर्थकले आफ्नो पैसा फिर्ता हुनुपर्ने माग पनि राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप