रुसमा राष्ट्रपति निर्वाचन : पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी खारेज

मस्को । रुसमा आगामी महिना राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज भएको छ । त्यहाँको निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै नादेज्दिनले सामाजिक सञ्जालमा बताएका थिए ।
पुटिनले युक्रेनमा छेडेको युद्धको बोरिस कट्टर विरोधी र आलोचक थिए । निर्वाचन आयोगका अनुसार नादेज्दिनको आवेदन फारममा १५ प्रतिशत हस्ताक्षरमा गडबडी छ । नादेज्दिनले निर्वाचन आयोगको यो दाबीलाई चुनौती दिने प्रयास गरेका थिए । तर आयोगले उनको उम्मेदवारी अस्वीकार गरिदियो ।
आफूले हार नमानेको अनि आयोगको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने नादेजदिनले सामाजिक सञ्जालमा भनेका छन् । ‘मैले रुसभरबाट २ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको थिएँ । हामीले यो सबै पूरा इमानदारी र पारदर्शिताका साथ गरेका थियौँ’ उनले भनेका छन् ।
नादेज्दिनले सङ्कलन गरेका हस्ताक्षरमध्ये ९ हजारभन्दा बढी अवैध रहेको केन्द्रीय निर्वाचन आयोगको दाबी छ । उनको निवेदनमा जम्मा ९५ हजार ५८७ हस्ताक्षर मात्रै वैध थिए । उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिएको थियो ।
रुसमा यही मार्च १५ देखि १७ को बीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा को–को उम्मेदवार बन्दैछन् भन्ने अन्तिम निर्णय शनिवार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री