नेपालविरुद्ध ६ विकेट गुमाएको क्यानडालाई जितका लागि ४२ बलमा २१ रन आवश्यक
_YvkjpyBxq7.jpg)
काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ४३ ओभरमा ६ विकेट गुमाएर दुई सय चार रन बनाएको छ । क्यानडाका कप्तान साद बिन जाफर पाँच र उदय भगवान पाँच रन बनाउँदै क्रिजमा छन् । क्यानडालाई जितका लागि ४२ बलमा २१ रन आवश्यक छ ।
क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।
क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।
क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।
क्यानडाको पाँचौँ विकेट रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका श्रेयष मोभालाई एक रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । उनले मोभालाई सोमपाल कामीद्वारा क्याच गराएका थिए । रोहितले लिएको यो दोस्रो विकेट हो । ३७.३ ओभरमा मोभा आउट हुँदा क्यानडाले एक सय ८९ रन बनाएको थियो ।
क्यानडाको छैटौँ विकेट पवन सर्राफले लिएका थिए । उनले मैदानमा जमिसकेका ब्याट्सम्यान निकोलस किर्तनलाई ६८ रनको ब्यक्तिग स्कोरमा आउट गरेका हुन् । पवनले निकोलसलाई बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि निकोलसले ९९ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ४०.४ ओभरमा निकोलस आउट हुँदा क्यानडाले एक सय ९५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
-
पशुपतिनाथ क्षेत्रमा ४ हजार प्रहरी परिचालन, कहाँ–कहाँ छ पार्किङ सुविधा ?
-
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे