ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत
बिहीबार, २५ माघ २०८०, १५ : ०७

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटको गरुडामा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । एमाले रौतहटको १० औँ जिल्ला अधिवेशन उद्घाटनका लागि गरुडा आएका अध्यक्ष ओलीलाई १०१ किलोको मालाले स्वागत गरिएको हो ।
गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औँ जिल्ला अधिवेशन हुँदैछ ।
अधिवेशनमा ओलीसँगै केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ लगायतको उपस्थिति रहेको छ । बिहीबार र शुक्रबार चल्ने अधिवेशनले एमाले रौतहटको नयाँ कार्यसमिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चार जनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन