एप्पलका सीईओलाई अनावश्यक तलब दिइएको सम्बन्धी मुद्दा खारेज
![एप्पलका सीईओलाई अनावश्यक तलब दिइएको सम्बन्धी मुद्दा खारेज](https://npcdn.ratopati.com/media/news/tim-cook1_FMbQ5kPWJ4.jpg)
न्यूयोर्क । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका सीईओ टिम कुकलाई अनावश्यक तलब दिएको सम्बन्धी मुद्दा खारेज भएको छ । संघीय न्यायाधीशले बुधबार सीईओ कुक र अन्य शीर्ष कार्यकारीहरुलाई प्रदर्शनमा आधारित शेयर अवार्ड भुक्तानीमा गलत हिसाब गरेर धेरै तलब दिएको भन्दै एप्पलमाथि परेको मुद्दा खारेज गरिदिएका छन् ।
सन् २०२३ को प्रोक्सी स्टेटमेन्टमै कम्पनीले सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशनको नियमानुसार सेवा सुविधाको विस्तृत तालिकामा हरेक हिसाबको व्याख्या गरेको म्यानह्याटनका जिल्ला न्यायाधीश जेनिफर रोचोनले फैसलामा भनेकी छिन् । कम्पनीको सञ्चालक समितिले सीईओसहितको अन्य ठूला कार्यकारीहरुलाई तलब सुविधा दिँदा अनियमितता गरेको प्रमाण नभेटेको बताएकी छिन् । वादी पेन्सन कोषले मुद्दा हाल्नुअघि सञ्चालक समितिलाई सोच विचारका लागि पर्याप्त समय नदिएको पनि उनले बताइन् । वादीका अनुसार सन् २०२१ र सन् २०२२ मा एप्पलले कुक र अन्य चार कार्यकारीलाई क्रमशः ९ करोड २७ लाख डलर र ९ करोड ४० लाख डलर मूल्य बराबरको निश्चित अवधिसम्म बेच्न नमिल्ने प्रदर्शनमा आधारित शेयर दिएको थियो ।
कम्पनीको तलब समितिले भने दुवै वर्ष यी पाँच जनालाई ७ करोड ७५ लाख डलर बराबरको बेच्न नमिल्ने शेयर दिन खोजेको थियो । कुकले सन् २०२१ मा ९ करोड ९० लाख डलर बराबरको तलब सुविधा थापेका थिए । एप्पलको प्रोक्सी फाइलिङले देखाएको भन्दा यो ८ करोड २० लाख डलर धेरै भएको बताइएको छ । सन् २०२३ मा भने कुकको तलब सुविधा घटेर ६ करोड ३२ लाख डलरमा झरेको थियो । अन्य तीन कार्यकारीहरुले सन् २०२३ सम्मको तीन वर्षमा २ करोड ७० लाख डलर बराबरको तलब सुविधा लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?