उलिङ्गको ११ सिट क्षमता भएको ईभी भ्यान नेपालमा सार्वजनिक हुँदै

काठमाडौँ । शशिला मोटर्स् प्रालिले ईभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबिच नेपालका लागि आधिकारिक वितरकको रूपमा सम्झौता भएको । चिनियाँ कम्पनी उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ ।
यस सम्झौता पश्चात शशिला मोटर्स् प्रालि उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरूको लागि एकमात्र आधिकारिक वितरकको रूपमा रहनेछ । सम्झौतामा शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ । यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए ।
कम्पनीका अनुसार नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख किमीसम्मको वारेन्टी रहेको छ । यसको ४१.८७ किवा आवर ब्याट्री रहेको छ । त्यस्तै कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याकले सिङ्गल चार्जमा ३०० किमी रेञ्ज दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
पोखराको तालबाराहीमा सन्ध्याकालीन आरती (तस्बिरहरु)
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?