नक्कली नोटसहित पाँच जना पक्राउ

बारा । प्रहरीले एक हजार दरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने नीरज श्रीवास्वत रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा तत्काल एकजना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको मोबाइल ७ थान बरामद गरिएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
-
सुशासन प्रवर्धनसम्बन्धी विधेयकमा दिएका ६ सांसदका विरोधका सूचना अस्वीकृत
-
गलत रकम लेखिएकै आधारमा चेक अनादरको मुद्दा दर्ता हुँदैन : उपाध्यक्ष श्रेष्ठ
-
अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र : तीनवटै सभाको परस्पर सम्बन्ध विकासमा प्रतिबद्धता
-
‘नेवार समुदायको चिहान कांग्रेस नेताले हडपे’