‘हात्तीछाप’ लाई मल्टिप्लेक्सले दियो १६४ शो

काठमाडौँ । भोली शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी लगायतको कलाकारको अभिनय रहेको कारण फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले पनि फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।
क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ । फिल्मलाई बिग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको थियो । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव