शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

बिहीबार, २५ माघ २०८०, १२ : ४१
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । चितवन, रत्ननगर नगरपालिका–९ कफुरफोरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २४ मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ २ किलो र नगद ४४ हजार २ सय ६० रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका–२ बस्ने २८ वर्षीय सुनिल पुन र सोही नगरपालिका–१३ बस्ने २६ वर्षीय निरोज मगर रहेका छन् । इलाका प्रहरी कार्यालय रत्नानगर टाँडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कटेजभित्र लुकिछिपी बसेका उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका(५ साइमार्गस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका–१५ कनरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय नवीन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित सोही नगरपालिका–८ ढकाल टोल बस्ने २३ वर्षीया गीता विष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ मेचीनगर नगरपालिका–१० बस्ने ३१ वर्षीय मेग्देन गुरूङले ल्याउन लगाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप