अपहरण तथा शरीर बन्धकमा संलग्न दुई जना पक्राउ
नुवाकोट । ककनी गाउँपालिका-४ बस्ने ५६ वर्षीय सूर्य बहादुर तामाङलाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङ रहेका छन् ।
उनीहरूले बा.६ ज ७७७९ नम्बरको गाडीमा आएका सूर्य बहादुरलाई माघ २२ गते राति ककनी गाउँपालिका-४ काउलेदेखि ककनी जाने सडकबाट बन्धक बनाई गाडी सहित अपहरण गरेर पन्चकन्या गाउँपालिकाको कबिलास जाने सडकको एकान्तमा लगी गाडी भित्रै बन्धक बनाई ज्यान मार्ने धम्की दिई रकम माग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले प्रहरी वृत्त बालाजुको सहयोगमा रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौँ महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । साथै प्रहरीले सूर्य बहादुरलाई सकुशल अपहरणमुक्त समेत गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान