बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के हाे पिसाब चुहिने समस्या ?

आइतबार, ०२ वैशाख २०७५, २० : २१
आइतबार, ०२ वैशाख २०७५

पिसाब चुहिने आमसमस्या हो । सामान्य अवस्थामा पनि पिसाब चुहिरहनुलाई पिसाब चुहिने समस्या भनिन्छ । पिसाबथैलीको रोगका कारण पिसाब चुहिने समस्या हुन्छ । यस्तो समस्या भएमा टुक्रुक्क बस्दा, हाछ्युँ गर्दा वा गह्रुंगोे सामान उठाउँदा पनि पिसाब चुहिने गर्छ । यस्तो समस्या महिलामा बढी हुन्छ । पिसाब चुहिने समस्या पिसाबथैलीको रोग हो ।

डा. प्रेमराज ज्ञवाली
युरोलोजिस्ट

पिसाबथैलीले पिसाबलाई होल्ड गर्छ । तर, पिसाबथैलीमा समस्या आएमा पिसाब चुहिने समस्या हुन्छ । ढाड र हाड्डीमा समस्या भएमा पनि यस्तो रोग लाग्छ ।

कहिलेकाहीँ पिसाब निथ्रिन नपाईकन पिसाबथैली बन्द हुन पनि सक्छ । जसले गर्दा पिसाब चुहिने समस्या आउँछ ।

शल्यक्रिया गर्दा पिसाबथैलीमा चोट लागेमा पनि यस्तो समस्या देखिन्छ । शल्यक्रियाको समयमा पिसाबथैलीवरिपरिका नसा काटिएमा पनि पिसाब चुहिने समस्या हुन्छ ।

बच्चा जन्मेपछि पनि महिलामा पिसाब चुहिने समस्या हुन्छ । बच्चा जन्मेपछि महिलाको यौनांगवरिपरिका भाग लुज हुन्छ र पिसाब चुहिने गर्छ ।

उपचार विधि
सजिलै गरी पिसाब चुहिने समस्याको पहिचान गर्न सकिन्छ । मसल्स खुकुलो भएर पिसाब चुहिएको हो भने उपचार गरी टाइट गर्नुपर्छ । पिसाब फेर्ने ठाउँको नियमित एक्सरसाइज पनि गर्नुपर्छ । सामान्य उपचारबाट रोग निको नभए शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप