खर्बपति क्लबमा गौतम अदानीको कमब्याक

नयाँ दिल्ली । सन् २०२४ भारतीय व्यापारी गौतम अदानीका लागि शानदार साबित भइरहेको छ । एकातिर अमेरिकी शर्ट सेलिङ कम्पनी हिंडनबर्गले अदानी गु्रपमाथि लगाएका सबै आरोपहरु हटेको छ भने अर्को तर्फ अदानीको सम्पत्ति उकालो लागिरहेको छ । कम्पनीको शेयर मूल्यमा भइरहेको वृद्धिसँगै अदानी एक पटक फेरि खर्बपतिहरुको क्लबमा प्रवेश गरेका छन् ।
कअमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार अदानीको नेटवर्थ १ खर्ब डलरमाथि उक्लिएको छ । सूचीका अनुसार गएको २४ घण्टामा अदानीको नेटवर्थ २ अर्ब ७३ करोड डलरले बढेर १ खर्ब १ अर्ब डलरमा उक्लिएको छ । यो वर्षको अहिलेसम्मको अवधिमा उनको नेटवर्थ १६ अर्ब ४० करोड डलर थपिएको छ ।
नेटवर्थमा भएको पछिल्लो वृद्धिसँगै अदानी अर्बपतिहरुको सूचिमा २ स्थान माथि उक्लिएर १२ औं स्थानमा पुगेका छन् । सूचीमा अर्का भारतीय खर्बपति मुकेश अम्बानी भने १ खर्ब ८ अर्ब डलर नेटवर्थसहित ११ औं स्थानमा छन् । गएको २४ घण्टामा अम्बानीको नेटवर्थ पनि १ अर्ब १० करोड डलरले बढेको छ । गएको वर्ष हिंडनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीको नेटवर्थ ६० अर्ब डलरले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम