‘महाजात्रा’ले सार्वजनिक गर्यो विपिन र वर्षासँगै दिव्य र गौमायाको जोडी लुक्स

काठमाडौँ । प्रणय दिवसको सप्ताह सुरु भइसकेको छ । फेब्रुअरी १४ मा मनाइने दिवसको सुरुआत सात दिन अगाडि नै हुने गर्छ । माया गर्नेहरूले यसलाई विभिन्न रूपमा सप्ताह अगाडि नै मनाउने गरेका छन् । सोही सन्दर्भ पारेर फिल्म ‘महाजात्रा’ का निर्देशक प्रदीप भट्टराईले फिल्मको दुई जोडीको पोस्टर सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टर फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्यदेव र गौमाया गुरुङलाई दुई जोडीको रूपमा प्रस्तुत गरिएको छ । यस अगाडिका फिल्मको सिक्वेलमा फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले रुचाउँदै आइरहेका छन् । यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका रूपमा थपिएका हुन् ।
‘हामीले देखाउने प्रेम अरू भन्दा फरक हुने गरेको छ । किनकि हाम्रो फिल्मको विषयवस्तु पैसासँग जोडिएको छ । यद्यपि जात्रै जात्रामा फडिन्द्र र सम्पदाको प्रेमलाई दर्शकले रुचाउनु भएको थियो’, निर्देशक भट्टराईले भने, ‘हामीले देखाएको प्रेम जोडीसँगै मित्रता, परिवार र देश प्रतिको पनि छ । यसपटक जात्राभन्दा माथि उठेर महजात्रा गरेका छौँ’ निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको सुनाए ।
फिल्ममा विपिन, वर्षा, दिव्य र गौमायाको अलवा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विदेशका धेरै मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।
पुरुषोत्तम प्रधानको छायाकार, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य रहेको फिल्ममा आशिष् अविरलको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय