आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नाइजेरिया अफ्रिका कपको फाइनलमा

बिहीबार, २५ माघ २०८०, ०९ : ४३
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । नाइजेरिया अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार राति खेलिएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै नाइजेरिया फाइनलमा पुगेको हो ।

नाइजेरिया र दक्षिण अफ्रिकाबिचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि जित–हारको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

नाइजेरियाले फाइनलमा आइभरी कोस्टसँग उपाधिका लागि भिडन्त गर्नेछ । आइभरी कोस्ट भने कंगोलाई १–० गोलले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप