काठमाडौँ । विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका मिटरब्याजीलगायतका पीडितलाई त्यहाँबाट पनि हटाइएपछि अलपत्र परेका छन् । मिटरब्याजी पीडितसँगै आरती साहको न्याय माग्दै आएका भाइ प्रेम र आमा निर्मला पनि माइतीघरको निषेधाज्ञा पछि शान्तिबाटिका बसेर न्याय माग्दै आएका थिए ।
मंगलबारबाट शान्तिवाटिकाबाट हटाइएपछि उनीहरू कहाँ जाने भन्ने अन्योलमा परेका छन् । काठमाडौँ महानगरले शानितबाटिकाबाट निकालेपछि पीडितहरू बाहिर सडक छेउको फुटपाथमा धर्ना दिइरहेका छन् ।
शान्तिबाटिका नछोड्ने अठोटका साथ उनीहरू फुटपाथमै चिसो रात काटिरहेका छन् । बिहानको खाना होस या रातिको, उनीहरू फुटपाथमै पकाएर खाने र त्यही सुत्ने गरेका छन् । थप तस्बिरबाट :
प्रतिक्रिया