एकदिवसीय शृङ्खला : नेपाल र क्यानडाबिचको पहिलो खेल आज

काठमाडौँ । एकदिवसीय शृङ्खलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा शृङ्खला खेल्न लागेको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ को शृङ्खला सुरु हुनअघि नेपाल र क्यानडाले तयारीस्वरुप तीन खेलको शृङ्खला खेल्न लागेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।
नेपालको घोषित टोलीमा कप्तान रोहितका अतिरिक्त आशिफ शेख, कुशल भुर्तेल, देब खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवा गर्न सिफारिस
-
भोलेनाथको बार तथा नयाँ वर्ष आजका दिन कुन राशिलाई कस्तो फल ?
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ