नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
बुधबार, २४ माघ २०८०, २२ : ४९
काठमाडौँ । नापी कार्यालयका सर्वेक्षक रु एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रबहादुर पोखरेललाई पक्राउ गरेको हो
आयोगका अनुसार चौलागाई र पोखरेलले जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना पाएपछि आयोगको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार