टिपरको ठक्करबाट अनुसन्धानका पूर्व अधिकारीको मृत्यु
बुधबार, २४ माघ २०८०, २२ : ३३

बारा । टिपरको ठक्करबाट राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रहरी नायब उपरीक्षक विष्णु थापाको मृत्यु भएको छ । मोटरसाइकलमा पिलुवाबाट कलैयातर्फ जाँदै गरेका निजलाई कलैयाबाट पिलुवातर्फ गइरहेको टिपरले आज साँझ बडहर्वा चोकमा ठक्कर दिँदा गम्भीर घाइते भएका थापाको उपचारका क्रममा कलैया प्रदेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका–७ बरेवा निवासी थापा राष्ट्रिय अनुसन्धान विभागबाट हालै सेवा निवृत्त हुनुभएको हो । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएर फरार त्यसका चालकको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी