सोनाम ल्होछारमा राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने

काठमाडौँ । सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो ।
चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड वर्ष) सोनाम ल्होछारको अवसरमा माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।
उनले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङका नागरिकलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
राक्सिराङले यस अघि पनि क्रिसमसको अवसरमा पनि ३ दिन बिदा दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनमा सहभागी भएनन् २ हजार कानुन व्यवसायी
-
डीडीसीको बदमासी ५ सय मिलि लिटर दूधको प्याकेटमा ४ सयमात्रै
-
कथाकार अनिता तुलाधर भन्छिन् : मोटरसाइकल चलाउन सिकेको भए कहाँ कहाँ पुग्थेँ होला !
-
थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री
-
राजतन्त्र फर्किन सम्भव छैनः रक्षामन्त्री राई
-
फैसला हेरेर कस्ता ट्यालेन्टेड न्यायाधीशहरू आएछन् भन्ने लाग्यो : स्वर्णिम वाग्ले