सरकारलाई बाबुरामकाे प्रश्न- सबै क्षेत्रमा प्रतिबन्ध गरेपछि जनताले कहाँ गएर आफ्ना माग सुनाउने ?

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले काठमाडौँका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषण तथा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएका छन् ।
डा.भट्टराईले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेखेका छन्, 'बालुवाटारमा प्रतिबन्ध ! सिंहदरबारमा प्रतिबन्ध ! बानेश्वरमा प्रतिबन्ध ! माइतिघरमा प्रतिबन्ध ! शान्तिबाटिकामा प्रतिबन्ध ! ……जताततै प्रतिबन्ध ?'
जनताले आफ्ना माग सरकारलाई कहाँ गएर सुनाउने भन्दै डा.भट्टराईले जंगल कि खोलानाला भन्दै प्रश्न गरेका छन् । उनको प्रश्न छ,'जनताले अब कहाँ गएर सरकारको ध्यानाकर्षण गर्ने त ? अनकंटार जंगलमा ? कि खोलानालामा ?'
'यही हो जनतामा निहित सार्वभौमसत्ता ? उन्नत लोकतन्त्रमा जनताको निरन्तर निगरानी र खबरदारी अनिवार्य हुन्छ हैन र ? अनि किन सार्वजनिक विरोधमाथि निरन्तर संकुचन/अंकुश ?' उनले थप प्रश्न गरे ।
जनता सडकमा उर्लेर नै लोकतन्त्र र गणतन्त्र स्थापना भएको भन्दै डा.भट्टराईले फेरि जनता सडकमा उर्लन सक्छन् भन्ने सत्ताधारीहरूलाई हेक्का रहनुपर्ने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा