बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु
बुधबार, २४ माघ २०८०, १९ : ५०

कालीकोट । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए । मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ । बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीका शीर्ष नेताले बुझाए प्रधानमन्त्रीलाई मागपत्र, के के छन् मागहरु ?
-
कांग्रेस सभापति देउवालाई भेटे चौथाइवालेले
-
‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा
-
नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्
-
यी हुन् कलेजो बिगार्ने ६ कुरा
-
सीके राउत पुगे डिल्लीबजार कारागार