मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलका लागि चिनियाँ युवा फुटबल टोली नेपालमा

बुधबार, २४ माघ २०८०, १८ : १०
बुधबार, २४ माघ २०८०

काठमाडौँ । चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपाल भ्रमणमा आएको छ । नेपालको युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली बुधबार नेपाल आइपुगेको हो ।

चिनियाँ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा माघ २७ गते नेपाल र चीनको युवा टोलीबिच मैत्रीपूर्ण खेल हुनेछ ।  

दुवै देशका युवा टोलीबिच मैत्रीपूर्ण खेल चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप