अर्थमन्त्रीद्वारा भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेटाउन निर्देशन

भैरहवा । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् । बुधवार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले राजश्वको लक्ष्य भेट्टाउने गरी कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका हुन् ।
मन्त्री महतले भने– ‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरू हाम्रो राज्य संयन्त्रको अङ्ग हुन पाएका छैनन् ।’ प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलब भत्ताबाट कर्मचारी सन्तुष्टि बन्नुपर्ने समेत अर्थमन्त्रीको भनाई छ । भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सतर्कताका साथ निरन्तर खबरदारी गर्न कर्मचारीलाई निर्देशन दिए ।
‘कार्यरत कर्मचारीहरू एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन,’ मन्त्री महतको भनाई छ, ‘क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ ।’ गाडी आयात कम हुँदा राजश्व सङ्कलन कम भयो भन्ने विषय आइरहे पनि यो मात्रै कारण नभएको हुन सक्ने अर्थमन्त्रीको भनाई छ । यी विषयमा कर्मचारीले गम्भीर भएर ध्यान दिनुपर्ने अर्थमन्त्री डा.महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भई नेपाल आएका चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्नू : सर्वोच्च अदालत
-
पहलगाम आक्रमणकारीहरूको तस्बिर सार्वजनिक, पुरस्कार घोषणा
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा