प्रधानमन्त्री ‘यशु ख्रिष्ट’ जस्तै भनेर मन्त्रीहरु स्टन्टबाजीमा रमाइरहेका छन् : प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारका मन्त्रीहरु स्टन्टबाजी गर्न माहिर रहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए ।
उनले भने– ‘देशका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’
दलालहरुले नेपाली युवाहरुलाई रसियामा लगेर भर्ना गरिरहेको र त्यसलाई सरकारलाई रोक्न नसकेको उनले बताए । रुसमा झन्डै ६ हजार यूवा सेनामा भर्ना भएका र उनीहरु युद्धभूिमबाट रोइकराई गर्दा सरकारले यसबारे केही चिन्ता नलिएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झिल्को’ टिजर रिलिज : मोबाइलको लतले समाजमा पारेको असर चित्रण
-
चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा
-
अनेरास्ववियुको प्रतिबद्धता पत्र : विद्यार्थीलाई २५ युनिटसम्म निःशुल्क बिजुली
-
उप्रेतीको ‘मेरा अतीतका कथाहरु’ नामक पुस्तक लोकार्पण
-
ह्वात्तै घट्यो मूल्यवृद्धि, कहाँ कस्तो छ अवस्था ?
-
रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो