रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि...
![रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि...](https://npcdn.ratopati.com/media/news/suphachai2_YMlNuUHKRC.webp)
बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् ।
गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर विस्तारमा बताए । उनलाई राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । त्यसैले हातको इशाराले भनिरहेका थिए । कपाल काटिरहँदा एक पटक उनले ऐनामा आफूलाई हरेर । अनि बिग्रिएको कपाल हेरेर क्रुद्ध भए । टेबलमा मुड्की बजार्दै हजामलाई गाली गर्न थाले ।
निधारतिरको कपाल आफूले भनेको जस्तो नपाएपछि मुख छाड्दै हजामलाई गाली गर्न थाले । यतिले पनि रिस मरेन । ती पुरुषले हजामको निधारपट्टीको कपाल खौरिदिए अनि कपाल काटेको पैसा नै नतिरी सैलुनबाट बाहिरिए । यो दृश्यले सैलुनका कर्मचारी र अन्य ग्राहकहरू ट्वाल्ल भए । ती हजामले टाउको पूरै खुइलाउनु पर्यो । आफूमाथि दूरव्यवहार गर्ने ती रुसी पर्यटकविरुद्ध उनले प्रहरीमा उजुरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
-
केपी ओली कप : राजनीतिज्ञसँग कलाकारको टोली विजयी