फोटोफिचर
संघीय संसद्का महासचिव पाण्डेयले लिए शपथ (तस्बिरहरु)
बुधबार, २४ माघ २०८०, ११ : ०४

काठमाडौँ । संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट महासचिव पाण्डेयले शपथ लिएका हुन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई संघीय संसदको महासचिवमा पदमा नियुक्त गरेका थिए ।