पुनः नकारात्मक भूमिकामा देखिँदैछन् रणवीर

काठमाडौँ । सञ्जय लिला भंसालीको आगामी फिल्म ‘लभ एन्ड वार’मा रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल देखिँदैछन् । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रणवीर यो फिल्ममा ग्रे अर्थात् नेगेटिभ भूमिकामा देखिनेछन् ।
घोषणा भएदेखि नै भन्सालीको ‘लभ एन्ड वार’ चर्चामा छ । यो एक्सन लभ स्टोरी हुनेछ । यसमा रणवीर कपुर ट्विस्टेड ग्रे पात्रको भूमिकामा देखिनेछन् । फिल्म निर्माता सञ्जय लीला भन्सालीले केही समय अघि देखि नै यस्तो खालको फिल्म बनाउने सोच गरिरहेका थिए ।
फिल्ममा आलिया र विक्की कौशललाई साइन गराउने उनले पहिला देखि नै सोचिसकेका थिए । फिल्ममा अहिले रणवीरलाई दिइएको भूमिकाका लागि सुहाउँदो अनुहारको खोजीमा उनी वर्षाैंदेखि थिए । फिल्ममा त्रिकोणात्मक प्रेमकथा देखाइनेछ ।
हालै रिलिज भएको रणवीरको फिल्म ‘एनिमल’ले संसारभर ८०० करोडभन्दा धेरै कमाएको थियो । यो फिल्ममा रणवीरको अभिनय सञ्जय लीला भन्सालीले निकै मन पराएका थिए । त्यही भूमिकालाई हेरेर भंसालीले रणवीरलाई यो भूमिकामा कास्ट गरेका हुन् । रणवीरले निभाउन लागेको भूमिका भन्सालीको फिल्ममा देखाइएका सबैभन्दा जटिल पात्र हुने बताइएको छ ।
१७ वर्ष पछिसँगै काम गर्दै सञ्जय लीला भन्साली र रणवीर
रणवीर कपुरले सन् २००७ मा रिलिज भएको फिल्म ‘सावरियाँ’बाट बलिउडमा डेब्यू गरेका थिए । यस फिल्मका निर्देशक सञ्जय लीला भन्साली थिए । फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न नसके पनि रणवीर कपूरले आफ्नो अभिनयका लागि ‘फिल्मफेयर बेस्ट मेल डेब्यु’ अवार्ड पाए । अब फेरि एक पटक सञ्जय लीला भन्साली र रणवीर फिल्म ‘लभ एन्ड वार’मा सँगै काम गर्दैछन् ।
‘एनिमल’को सफलतापछि रणवीरको पारिश्रमिक दोब्बर
‘एनिमल’ को सफलता देखेर रणवीरले आफ्नो पारिश्रमिक दोब्बरभन्दा माथि पुर्याएका छन् । एनिमलमा ३० करोड भारु रहेको उनको पारिश्रमिक बढाएर ६५ करोड भारुमा पुर्याएका छन् । रणवीरका नजिकका व्यक्तिका अनुसार ‘एनिमल’ पछि नयाँ प्रोजेक्टका लागि रणवीरले कति पारिश्रमिक लिइरहेका छन् भन्ने कुरा उनकी श्रीमती आलिया र उनकी आमा नीतु कपूरलाई थाहा छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने