प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ निष्कासन गर्न नरोकियोस्: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरे । बुधवार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए ।
उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताए । उनले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए ।
अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताए । उनले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताए । नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेनिस हस्ती भिक्टोरिया अजारेन्काले किन गरिन् ‘मातृत्व कोष’को प्रशंसा ?
-
घरको पेटीमा बसिरहेका दिदिबहिनीको बोलेरोले लियो ज्यान, १८ वर्षीय चालक पक्राउ
-
ट्रम्पले एक महिनाका लागि मेक्सिकोमाथि लगाएको आयातकर गरे स्थगित
-
युरोपा लिग : अन्तिम १६ पहिलो लेगमा एएस रोमा र लियों विजयी, म्यान्चेस्टर बराबरीमा रोकियो
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर