लुम्बिनी प्रदेश : कुन जिल्लामा कति उत्पादन भयो धान ?

बुटवल । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०–८१ मा २लाख ९९ हजार ३४८ हेक्टरमा धान खेती गर्दा १२ लाख ९६ हजार ८९३ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष २०७९–८०मा ३ लाख ७ हजार हेक्टरमा धान खेती गर्दा १२ लाख १४५३ दशमलव ९ मेट्रिक टन उत्पादन भएको थियो । लुम्बिनी प्रदेशकाको तराईको जिल्लामा नवलपरासीमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको छ ।
रुपन्देहीमा ६० हजार ३२२ हेक्टरमा २ लाख ७८ हजार ८४ मेट्रिक टन उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको छ ।
गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा२३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको छ ।
रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको छ । दाङ जिल्लामा ३५हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ। बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको छ ।
प्युठान जिल्लामा ६ हजार४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ ।रुकुम पूर्व जिल्लामा ८ सय२० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको छ । यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी